Kathmandu Press

राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजै अन्त्य गर्ने सरकारको तयारी

काठमाडाैं, पुस २६ : सरकारले राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजै अन्त्य गर्ने तयारी गरेको छ। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनपछि अधिवेशन...
राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजै अन्त्य गर्ने सरकारको तयारी

काठमाडाैं, पुस २६ : सरकारले राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजै अन्त्य गर्ने तयारी गरेको छ। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनपछि अधिवेशन अन्त्य गर्ने सरकारले तयारी गरेको हो।

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले कार्य व्यवस्था परामर्श समितिको बैठकमा राष्ट्रिय सभा बैठक आजै अन्त्य हुने संकेत गरेका हुन्। बैठकमा अध्यक्ष तिमल्सिनाले राष्ट्रपति कार्यालयबाट पत्र आउने तयारी बारे जानकारी गराएका थिए। 

राष्ट्रपतिको आव्हानमा राष्ट्रियसभाको सातैं आधिवेशन पुस १७ गतेदेखि सुरु भएको थियो।

प्रकाशित मिति: १३:०६ बजे, आइतबार, पुस २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्