प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक
काठमाडौं, पुस २६ : प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक बोलाएका छन्।केहीबेरमा प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले...
काठमाडौं, पुस २६ : प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
केहीबेरमा प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। उनले राष्ट्रिय सभामा सम्बोधन गर्नुअघि मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।
अहिले बस्न लागेको मन्त्रिपरिषद् बैठकका एजेन्डाबारे भने केही खुलाएको छैन। बैठकमा राष्ट्रिय सभाको अधिवेशन अन्त्य गर्ने विषयमा छलफल हुने जनाएको छ। पुस १७ गते राष्ट्रिय सभाको हिउँदे अधिवेशन चलिरहेको छ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरिसकेका छन्। यसको विरोधमा सबै राजनीतिक दलले आन्दोलन गरिरहेका छन् ।
प्रकाशित मिति: १२:४८ बजे, आइतबार, पुस २६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











