युवा क्रिकेटर कुन्दन सिंहको निधन
महोत्तरी, पुस २६ : युवा क्रिकेटर कुन्दन सिंहको आज बिहान निधन भएको छ। २५ वर्षीय सिंह मिर्गौला रोगबाट पीडित थिए।उनको आज बिहान महोत्तरीको...
महोत्तरी, पुस २६ : युवा क्रिकेटर कुन्दन सिंहको आज बिहान निधन भएको छ। २५ वर्षीय सिंह मिर्गौला रोगबाट पीडित थिए।
उनको आज बिहान महोत्तरीको जलेश्वर ९ फुल्हटास्थित घरम निधन भएको नेपाल क्रिकेट संघले बताए। उनी मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्थामा पुगेका थिए। केही समयदेखि डायलासिस चलिरहेको थियो।
उनी प्रदेश २ क्रिकेट टिमका ओपनर ब्याट्सम्यान हुन्। उनले राष्ट्रियस्तरको यू–१६, यू–१९ र खुला प्रतिस्पर्धामा सहभागिता जनाएका थिए।
उनीलाई एक वर्ष अघि अभ्यासका क्रममै समस्या देखिएको थियो। त्यसयता खेलमा फर्किन सकेका थिएनन्।
स्कुल पढ्दै गर्दा आमाबुवा गुमाएका उनी मामा अनोज सिंहसँग जलेश्वरमा बस्दै आएका थिए। आर्थिक अवस्था कमजोर रहेका उनको चन्दा संकलन गरेर डायलासिस गरिँदै आएको थियो।
उनको निधनमा नेपाल क्रिकेट संघले दुःख व्यक्ति गरेको छ। उनको परिवारजनप्रति समवेदना प्रकट गरेको छ।











