Kathmandu Press

जाकार्ताबाट उडेको विमान दुर्घटनास्थल पत्ता लाग्यो

काठमाडौं, पुस २६ : शनिबार अपरान्ह इन्डोनेसियाको राजधानी जाकार्ताबाट उडेको विमान दुर्घटनास्थल पत्ता लगेको छ। बीबीसीका अनुसार जाकार्ताबाट उड्नासाथ श्रीविजय एयरको बोइङ ७३७ को विमान...
जाकार्ताबाट उडेको विमान दुर्घटनास्थल पत्ता लाग्यो

काठमाडौं, पुस २६ : शनिबार अपरान्ह इन्डोनेसियाको राजधानी जाकार्ताबाट उडेको विमान दुर्घटनास्थल पत्ता लगेको छ। 

बीबीसीका अनुसार जाकार्ताबाट उड्नासाथ श्रीविजय एयरको बोइङ ७३७ को विमान समुन्द्रमा खसेको थियो।

विमानमा चालक दलका सदस्यसहित कुल ६२ जना सवार रहेका थिए।

जहाज कालिमान्तान प्रान्तस्थित पोन्टिआनक जानका लागि उडेको बताइएको छ। दुर्घटनास्थलमा जहाजका केही अवशेष र शवसमेत फेला परेको सरकारी अधिकारीहरुले बताएका छन्।

प्रकाशित मिति: १२:१७ बजे, आइतबार, पुस २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्