Kathmandu Press

उपचार गर्न विराटनगर हिँडेका युवक बस भित्रै मृत भेटिए

काठमाडौं, पुस २६ : झापादेखि विराटनगर हिँडेका एक युवक बस भित्रै मृत भेटिएका छन्। झापाको केरखाबाट मे१ख ३३३३ नम्बरको बसमा चढेका २६ वर्षीय युवक...
उपचार गर्न विराटनगर हिँडेका युवक बस भित्रै मृत भेटिए

काठमाडौं, पुस २६ : झापादेखि विराटनगर हिँडेका एक युवक बस भित्रै मृत भेटिएका छन्। 

झापाको केरखाबाट मे१ख ३३३३ नम्बरको बसमा चढेका २६ वर्षीय युवक मृत भेटिएका हुन्।

विराटनगर बसपार्कमा सबै यात्रु ओर्लिएपछि उनी उत्रिएको कारण बसका कर्मचारीले हेर्दा उनी मृत भेटिएका हुन्।

मिर्गौला रोगी रहेका युवक उपचारका लागि झापादेखि विराटनगर जाँदै गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। 

प्रकाशित मिति: १२:०८ बजे, आइतबार, पुस २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्