Kathmandu Press

बाँकेमा दुई जना कोरोना भाइरस संक्रमितको मृत्यु

नेपालगन्ज, पुस २६ : कोरोना भाइरसको संक्रमणबाट बाँकेमा आज बिहान दुई जनाको मृत्यु भएको छ।कोहलपुर मेडिकल कलेज र भेरी अस्पतालमा उपचारका क्रममा रोल्पा...
बाँकेमा दुई जना कोरोना भाइरस संक्रमितको मृत्यु

नेपालगन्ज, पुस २६ : कोरोना भाइरसको संक्रमणबाट बाँकेमा आज बिहान दुई जनाको मृत्यु भएको छ।

कोहलपुर मेडिकल कलेज र भेरी अस्पतालमा उपचारका क्रममा रोल्पा र दाङका एक–एक जनाको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ।

रोल्पाको लिवाङकी ४२ वर्षीया महिलाको कोहलपुर मेडिकल कलेजमा आज बिहान ३ः३० बजे मृत्यु भएको हो। उनलाई कोरोना संक्रमण भएपछि पुस २५ गते कोहलपुर मेडिकल कलेज ल्याइएको थियो।

त्यस्तै, दाङको बबईकी ८० वर्षीया महिलाको आज बिहान ६ः४० बजे भेरी अस्पतालमा मृत्यु भएको हो। उनी बिरामी भएपछि पुस ९ गते कोहलपुर मेडिकल कलेज ल्याइएको थियो।

उपचारका क्रममा पुस १० गते कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि भेरी अस्पताल रिफर गरिएको थियो।

योसँगै बाँकेमा उपचारका क्रममा मृत्यु भएका कोरोना संक्रमितको संख्या ८२ पुगेको छ। उनीहरु सबै बाहिरी जिल्लाका छन्।

 

प्रकाशित मिति: ११:३१ बजे, आइतबार, पुस २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्