Kathmandu Press

प्रधानमन्त्री ओलीले आज राष्ट्रिय सभालाई सम्बोधन गर्दै

काठमाडौं, पुस २६ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सभालाई सम्बोधन गर्ने भएका छन्।राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजे बस्दै छ।...
प्रधानमन्त्री ओलीले आज राष्ट्रिय सभालाई सम्बोधन गर्दै

काठमाडौं, पुस २६ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सभालाई सम्बोधन गर्ने भएका छन्।

राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजे बस्दै छ। आजको बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

त्यस्तै, राष्ट्रिय सभाको आजको कार्यसूचिमा भने प्रधानमन्त्री ओलीले थारू आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ। त्यसपछि विधायन समितिका सभापति परशु राम मेघी गुरुङले विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूचि रहेको छ।

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गराएका थिए। त्यसको राष्ट्रिय सभामा पनि सांसदहरुले विरोध गरेका छन्।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ। सबै राजनीतिक दलले त्यसविरुद्ध सडक आन्दोलन गरिरहेका छन्।

प्रकाशित मिति: १०:२७ बजे, आइतबार, पुस २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्