मेसी र ग्रीजम्यानको गोलले बार्सिलोनाको शानदार जित

काठमाडौं, पुस २६ : स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले शानदार जित निकालेको छ।
गएराती भएको खेलमा बार्सिलोनाले ग्रानडालाई ४-० गोल अन्तरले पराजित गरको हो। बार्सिलोनाको जितमा लियोनेल मेसी र एन्टोनी ग्रीजम्यानले समान २/२ गोल गरे। जितसँगै बार्सिलोना ला लिगामा तेस्रो स्थानमा उक्लिएको छ।
बार्सिलोनाको १८ खेलमा ३४ अंक भएको छ भने शिर्ष स्थानमा रहेको एटलेटिको म्याड्रिडभन्दा ४ अंकले पछाडी छ तर एटलेटिकोले ३ खेल कम खेलेको छ। त्यस्तै ग्रानडाको भने १७ खेलमा २४ अंक रहेको छ र लिगमा सातौ स्थानमा रहेको छ।
यस्तै गएराति नै भएको अर्को खेलमा रियल मड्रिडलाई ओसाउनाले गोलरहित बराबरीमा रोकेको छ भने सेभिल्लाले रियल सोडिडाडलाई ३-२ ले हरायो।
प्रकाशित मिति: ०७:२६ बजे, आइतबार, पुस २६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











