Kathmandu Press

प्रधानमन्त्रीले चार पूर्वप्रधानन्यायधीशलाई भने, ‘अदालतलाई गलत ढंगले प्रभावित नगरौ’  

काठमाडौं, पुस २५ : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन प्रकरणमा चार पूर्व प्रधानन्यायाधीशको वक्तव्यप्रति आपत्ति जनाएका छन् । शनिबार युवा संघका अगुवा कार्यकर्ता...
प्रधानमन्त्रीले चार पूर्वप्रधानन्यायधीशलाई भने, ‘अदालतलाई गलत ढंगले प्रभावित नगरौ’  

काठमाडौं, पुस २५ : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन प्रकरणमा चार पूर्व प्रधानन्यायाधीशको वक्तव्यप्रति आपत्ति जनाएका छन् ।

 शनिबार युवा संघका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अदालतलाई नधक्याउन पूर्वप्रधानन्यायधीशहरुाई सचेत गराएका हुन्। ‘एक पटक अदालतमा जागिर खाएको भरमा केही मान्छे पोहोर परार जागिर खाएको थियो कि अहिले पनि छन् भन्ने बिर्सिएर यस्तो हुन्छ र उस्तो हुन्छ भन्न थालेका छन्’ ओलीले भने, ‘म उहाँहरुलाई भन्न चाहन्छु, उहाँहरु जस्तो सर्वोच्च अदालतको सर्वोच्च ठाउँमा पुगिसकेको मान्छेहरुले सर्वोच्च अदालतलाई गलत ढंगले प्रभावित गर्ने, धम्क्याउने कुनै पनि क्रियाकलाप गर्न सुहाउँदैन।’

ओलीले स्वतन्त्र न्यायालयलाई कदर गर्न नजान्ने अनि लोकतन्त्र, न्याय, संविधानका कुरा गर्न नमिल्ने बताए । ‘सडकबाट फैसला दिनुहुन्छ कि संवैधानिक इजलासबाट ?’, प्रधानमन्त्रीले प्रश्न गरे,  ‘उहाँहरुले जे भन्यो, त्यही हुनुपर्ने हो भने अदालत किन चाहियो ? ‘

चार पूर्वप्राधनन्यायधीशहरुले शुक्रबार विज्ञप्ति जारी गर्दै संसद विघटन गर्ने अधिकार संविधाना प्रधानमन्त्रीलाई नरहेको जिकिर गरेका थिए। 
 

प्रकाशित मिति: १८:०६ बजे, शनिबार, पुस २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्