Kathmandu Press

प्रधानमन्त्रीले आफ्नै घरमा आगो लगाए : गगन थापा

काठमाडौं, पुस २५ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै घरमा आगो लगाएको बताएका छन्। संसद विघटनको...
प्रधानमन्त्रीले आफ्नै घरमा आगो लगाए : गगन थापा

काठमाडौं, पुस २५ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै घरमा आगो लगाएको बताएका छन्। 

संसद विघटनको विरोधमा शनिबार काठमाडौं क्षेत्र नं ४ ले आयोजना गरेको विरोध सभालाई चावहिलमा सम्बोधन गर्दै नेता थापाले घर सम्हाल्ने जिम्मेबारी पाएको प्रधानमन्त्री आफैले घरमा आगो सल्काएको बताएका हुन्।

उनले भने, ‘घर सम्हाल्ने जिम्मेवारी काँधमा बोकेका प्रधानमन्त्रीले घरमै आगो लगाएका छन्।’

प्रधानमन्त्रीले राष्ट्रका निम्ति अपराध गरेको बताउँदै उनले भने, ‘प्रधानमन्त्रीले संसद विघटन गर्न पाउने व्यवस्था हाम्रो संविधानमा छैन, पार्टीभित्रको आन्तरिक झगडाका कारण संसद विघटन गरिएको हो।’

उनले प्रधानमन्त्री र राष्ट्रपतिले गरेको गलत कामलाई अब सर्वोच्च अदालतले मात्रै सही दिशामा ल्याउन सक्ने बताए। ‘कोही पनि नअलमलिनुस्, प्रधानमन्त्रीले राष्ट्रको लागि अपराध गरेका छन्। राष्ट्रपतिले पनि प्रधानमन्त्रीले गरेको अपराधमा साझेदारी गर्नुभयो। त्यसैले, राष्ट्रपति पनि अब हाम्रो राष्ट्रपति रहनुभएन,’ उनले भने, ‘अदालतको विषयमा केही बोल्नु गलत हो भनिएको छ। तर, यहाँ झन् धेरै बोल्नु पर्ने परिस्थिति बनेको छ। अदालतका श्रीमानहरूलाई भन्न चाहन्छु, उहाँहरूले दायाँ बायाँ कतै हेर्नुपर्दैन केवल संविधान हेरे पुग्छ।’

प्रकाशित मिति: १६:२४ बजे, शनिबार, पुस २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्