Kathmandu Press

अदालतको निर्णय सबैले मान्नुपर्छ : सभापति देउवा

काठमाडौं, पुस २५ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटन सम्बन्धि मुद्दा अदालतमा विचाराधिन भएको कारण जुलुसले भनेको आधारमा अदालतले निर्णय गर्नु...
अदालतको निर्णय सबैले मान्नुपर्छ : सभापति देउवा

काठमाडौं, पुस २५ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटन सम्बन्धि मुद्दा अदालतमा विचाराधिन भएको कारण जुलुसले भनेको आधारमा अदालतले निर्णय गर्नु नहुने बताएका छन्। 

शनिबार संसद विघटनको विरोधमा काठमाडौं क्षेत्र नंम्बर ५ मा आयोजित सभालाई सम्बोधन गर्दै सभापति देउवाले संसद विघटन संविधान विरोधी कदम भएको बताएका हुन्।

‘अदालतले जे निर्णय गर्छ, त्यो मान्नुपर्छ। अदालतलाई प्रभावित गर्नुहुँदैन। जुलुसको भरमा अदालतले निर्णय गर्नुुहुँदैन। अदालतले विवेक पु¥याउने हो,’ देउवाले भने, ‘संवैधानिक मुल्य र मान्यतालाई पालना गर्ने हो । यही गर, ऊ गर भन्न मिल्दैन। संसद पुनःस्थापना भएन भने चुनाव हुने अवस्था आउँछ। चुनाव गराउन दबाब दिनुपर्छ। चुनाव लड्नका लागि तयार हुनुपर्छ।’ 

उनले अदालतले मध्यावधिमा जाने ओलीको कदमलाई सदर गरे कांग्रेस चुनावमा जान तयार रहेको बताए। उनले भने, ‘सर्वोच्चभन्दा ठूलो अदालत जनता हो, जनतामा जाँदा के बिग्रन्छ ?’

उनले आफुलाई ओलीले चुनाव गराउँछन् भन्ने विश्वास रहेको बताए। प्रधानमनत्री चुनाव गर्ने तयारीमा लागिसकेको बताउँदै सभापति देउवाले भने, ‘मलाई विश्वास छ, ओलीले चुनाव गराउँछन्, गराएनन् भने सबै जनता मिलेर जनताले ओलीलाई नेपालमै बस्न नदिने अवस्था आउन सक्छ।’

प्रकाशित मिति: १५:४८ बजे, शनिबार, पुस २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्