नेपालको संविधान चार जना पूर्वप्रधानन्यायाधिशहरुले लेखेको हो? : सूर्य थापा
काठमाडाैं, पुस २५ : प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले चार जना पूर्वप्रधानन्यायाधिशहरुले देशको संविधान नबनाएको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले चार जना पूर्वप्रधानन्यायाधिशहरुले...
काठमाडाैं, पुस २५ : प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले चार जना पूर्वप्रधानन्यायाधिशहरुले देशको संविधान नबनाएको बताएका छन्।
शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले चार जना पूर्वप्रधानन्यायाधिशहरुले देशको संविधान बनाएको नभई जनताको प्रतिनिधिहरुले लेखेको बताएका हुन्।
उनले लेखेका छन्, ‘नेपालको संविधान सेवानिवृत चार जना पूर्व प्रधानन्यायाधीशहरूले लेखेको होइन। यो त जनताका प्रतिनिधिहरूले लेखेको जगजाहेर नै छ।’
साथै उनले उनीहरुको विभिन्न सार्वजनिक अभिव्यक्तिले अदालतमा विचाराधिन अवस्थामा रहेको मुद्धा प्रभाति पार्ने पनि जनाएका छन्। त्यस्ता अभिव्यक्तिमार्फत अदालतको न्याय सम्पादनलाई प्रभावति पारी भिडको निहीत चाहना मुताविक फैलला गर्न प्रेरित र बाध्य गर्न दुराशय रहेको आरोप समेत उनले लगाएका छन्।
‘चार जना पूर्व प्रधानन्यायाधीशहरूको असंबैधानिक वक्तव्यबाजीबाट संविधानको भाग ११, न्यायपालिकासम्बन्धी व्यवस्थाको बर्खिलाप कार्य भएको प्रष्ट हुन्छ। यसले अदालतलाई प्रभावित गर्ने र भिंडको निहीत चाहनामुताविक फैसला गर्न प्रेरित र बाध्य गर्ने उहाँहरूको दुराशय स्पष्ट पारेको छ। रिटायर्ड प्रधानन्यायाधीशहरूले संबैधानिक इजलाशले गरिरहेको सुनुवाईलाई प्रभावित गर्न जारी गरेको संयुक्त वक्तव्य संवैधानिक प्रावधानका हिसाबले पूर्णतः गलत छ। कमसेकम सम्मानित सर्वोच्च अदालतको नेतृत्व गरिसक्नुभएका महाशयहरूले यसरी गति नछाडिदिए मात्रै पनि स्वतन्त्र न्यायपालिकाको मर्यादा र सम्मान अभिबृद्दि गर्न अवकाशको जीवनमा समेत सकारात्मक योगदान गरेको ठहरिन्थ्यो होला! सामाजिक मर्यादा र मानकका सारा स्थापित सीमा भत्काउने यस्तो क्रियाकलापले त न्यायिक क्षेत्रमा अराजकता र भिडतन्त्रमो पैरवीलाई नै व्यवहारमा प्रोत्साहन गर्दैन र ? संसारभरि अवकाशप्राप्त जजले फैसला सुनाउन खाजेको यस्तो सायद कहींकतै देखिन्छ कि ?’











