काठमाडौंको टोखामा श्रीमतीले गरिन श्रीमानको हत्यापछि आत्महत्या
काठमाडौं, पुस २५ : काठमाडौंको टोखा नगरपालिकामा श्रीमतीले श्रीमानको हत्या गरेकी छिन्। केही हप्ता अघिमात्र विदेशबाट फर्किएका श्रीमनको हत्या गरी उनले पनि आत्महत्या...
काठमाडौं, पुस २५ : काठमाडौंको टोखा नगरपालिकामा श्रीमतीले श्रीमानको हत्या गरेकी छिन्। केही हप्ता अघिमात्र विदेशबाट फर्किएका श्रीमनको हत्या गरी उनले पनि आत्महत्या गरेकी छिन्।
शुक्रबार राति श्रीमती सुदिक्षा गिरी कोठाभित्रै झुण्डिएको अवस्थामा फेला परेकी थिइन् भने, श्रीमान उमेश केसी बेडरुममा लडिरहेको अवस्थामा फेला परेका थिए।
उनीहरु ग्राण्डी अस्पताल नजिकको एक हाउजिङमा बस्दै आएका थिए। श्रीमती सुदिक्षाले श्रीमानको हत्या गरी आफू झुण्डिएर आत्महत्या गरेको अुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ।
सुर्खेत घर भएका उनीहरुको शव परीक्षणको लागि त्रिवि शिक्षण अस्पताल महारनजगञ्ज पठाइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ११:११ बजे, शनिबार, पुस २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











