Kathmandu Press

प्रचण्ड आज स्वदेश फर्कंदै

काठमाडौं, पुस २५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्कने भएका छन्। पत्नी सीता दाहालको उपचारका...
प्रचण्ड आज स्वदेश फर्कंदै

काठमाडौं, पुस २५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्कने भएका छन्। पत्नी सीता दाहालको उपचारका लागि भारतको मुम्बइ गएका प्रचण्ड आज साँझ स्वदेश फर्केने भएका हुन्।

उनी पुस २० गते पत्नीको उपचारको लागि मुम्बई गएका थिए। सीतालाई उपचारको लागि उर्त छोडेर प्रचण्ड स्वदेश फर्कने उनको सचिवालयले जनाएको छ। सीतासँग उनका छोरीहरु छन्।

प्रकाशित मिति: १०:४४ बजे, शनिबार, पुस २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्