Kathmandu Press

प्रधानमन्त्री र राष्ट्रपतिको सुरक्षार्थ थपियो थप सुरक्षाकर्मी

काठमाडौं, पुस २५ : सुरक्षा निकायले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीमाथि सुरक्षा चुनौति बढेको जनाएको छ।  संसद विघटन र मध्यावधि...
प्रधानमन्त्री र राष्ट्रपतिको सुरक्षार्थ थपियो थप सुरक्षाकर्मी

काठमाडौं, पुस २५ : सुरक्षा निकायले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीमाथि सुरक्षा चुनौति बढेको जनाएको छ।  संसद विघटन र मध्यावधि निर्वाचनको घोषणापछि उनीहरुमाथि सुरक्षा चुनौती बढेको भन्दै गृह मन्त्रालयले सुरक्षा अधिकारीको संख्या बढाएको हो। 

सुरक्षा निकायको विश्लेषणका आधारमा खासगरी प्रधानमन्त्रीलाई लक्षित गरी विशेष सुरक्षा सतर्कता अपनाइएको स्रोतले बताएको छ। 
विषेश गरी प्रधानमन्त्री जाने स्थान र बालुवाटारको सुरक्षामा समेत सामान्य अवस्थामा भन्दा बढी जनशक्ति खटाइएको छ। 

यसअघि प्रधानमन्त्रीको सुरक्षार्थ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागबाट गरी ९० जना सुरक्षाकर्मी खट्ने गरेका थिए।

हाल प्रधानमन्त्रीको सुरक्षामा सेनाबाट मात्रै एक सय ७५, नेपाल प्रहरीबाट ८२, सशस्त्र प्रहरीबाट २८ र राष्ट्रिय अनुसन्धान विभागबाट १० जना खट्ने गरेका छन्। 

प्रकाशित मिति: १०:३७ बजे, शनिबार, पुस २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्