Kathmandu Press

नासाले सूर्यको ध्रुविय किरण र पृथ्वी नजिकको अन्तरिक्ष मौसमबारे अनुसन्धान गर्ने

काठमाडौं : अमेरिकी अंतरिक्ष एजेंसी नासाले सूर्यको ध्रुविय किरण र पृथ्वी नजिकको अन्तरिक्ष मौसमबारे अनुसन्धान गर्न दुइवटा हेलियोफिजिक्स मिसनको अनुमोदन गरेको छ। यी मिसनको...
नासाले सूर्यको ध्रुविय किरण र पृथ्वी नजिकको अन्तरिक्ष मौसमबारे अनुसन्धान गर्ने

काठमाडौं : अमेरिकी अंतरिक्ष एजेंसी नासाले सूर्यको ध्रुविय किरण र पृथ्वी नजिकको अन्तरिक्ष मौसमबारे अनुसन्धान गर्न दुइवटा हेलियोफिजिक्स मिसनको अनुमोदन गरेको छ। यी मिसनको नाम एक्स्ट्रीम अल्ट्राभायोलेट हाइ थ्रूपुट स्पेक्ट्रोस्कोपिक टेलिस्कोप मिसन ९इ।यु।भी।एस।टी० र इलेक्ट्रोजेट जीमान इमेजिंग एक्सप्लोरर ९इ।जेड।आइ।इ० हुन्। यी दुवै मिसनले एकसाथ सूर्य र पृथ्वी बिचको प्रणाली बारे बुझ्न मद्दत गर्नेछ। यी दुइ मिसनले सौर्य पदार्थको विस्फोटन र पृथ्वीको वायुमण्डलको विद्ध्युतीय प्रवाह बारे अत्यन्तै जटिल अनुसन्धानलाई अन्जाम दिनेछ। 

ध्रुविय किरण (अउरोरा) भनेको आर्कटिक र अन्टार्टिक आकाश वरपर देखीने प्राकृतिक किरण हो।  यो सौर्य बतास र चुम्बकिय क्षेत्रको अन्तरक्रियाबाट उत्पन्न हुन्छ। सौर्य वायुको क्रियाकलाप जसमा प्लाज्माको तातो ग्यास पिण्ड सुर्य सतहबाट उछिट्टिने प्रक्रिया (कोरोनल मास इजेक्सन) ले मानविय प्रविधिलाई असर गर्छ। यस्तो प्रक्रियाको अध्ययनबाट वैज्ञानिकहरु यसबाट हुने मानविय असरको भविष्यवाणी र निश्कर्ष निकाल्न सक्षम हुन्छन्।
 
जापानको एयरोस्पेस एक्सप्लोरेशन एजेन्सी (जेएएक्सए) ले इयुभीएसटी को एप्सिलोन मिसनलाई नेतृत्व गर्नेछ, जसलाई २०२६ मा प्रक्षेपण गर्ने लक्ष लिइएको छ। इयुभीएसटी एक सौर्य दुरबीन हो जसले सौर्य वायुमण्डलमा सौर्य पदार्थको विस्फोटन कसरी हुन्छ भन्ने अध्ययन गर्नेछ। सौर्य जगतको यस प्रक्रियाले सौर्य मण्डल वरिपरीको अन्तरिक्ष वातावरणलाई प्रभावित गर्छ। नासाले यस मिसनमा स्पेक्ट्रोग्राफिक मापनका लागि युभी डिटेक्टर, स्पेक्टोग्राफ, गाइड दुरबीन, सफ्टवेयर र इमेजिंग प्रणालीजस्ता हार्डवेयरहरूको योगदान गर्दैछ।

इयुभीसटी  मिसनमा नासाले ५।५ करोड डलर योगदान गर्दैछ। नासाको लागि यस मिसनको प्रमुख लगानीकर्ता ह्यारी वारेन हुन्। उनी वाशिंगटन स्थित अमेरिकी नौसेना अनुसंधान प्रयोगशालामा संम्बद्द छन्।

Hardik ivf

इ।जेड।आइ।इ। ले पृथ्वीको वायुमण्डलमा हुने विद्ध्युतीय प्रवाह बारे अध्ययन गर्नेछ। यस्तो भू चुम्बकीय गतिविधिको स्तर मापन गर्न अरोररल इलेक्ट्रोजेट (एई) सूचकांकको प्रयोग हुन्छ। विद्ध्युतीय प्रवाहले सौर्य ध्रुविय किरणलाई पृथ्वीको चुम्बकीय क्षेत्रसँग जोड्दछ जसकारण पृथ्वीको अन्तरिक्ष मौसम प्रणाली र अन्य गतिविधीमा समेत असर पर्छ। यस अध्ययन बारे बुझ्न इ।जेड।आइ।इ उपग्रह, जून २०२४ पछी प्रक्षेपण गरिँदैछ। यस मिसनको कुल बजेट ५ करोड ३३ लाख डलर रहेको छ। यसको प्रमुख लगानीकर्ता जेंग ह्वा यी हुन्। उनी अमेरिकाको लौरेल शहर स्थीत जोन हप्किन्स विश्वविध्यालयको एप्लाइड फिजिक्स प्रयोगशालामा कार्यरत छन्।

नयाँ भूउपग्रहको प्रक्षेपणबारे खुसी साट्दै वाशिंगटन स्थित नासा मुख्यालयको सहयोगी प्रशासक थमस जुरूबुचेनले प्रसन्नता व्यक्त गरेका छन्। 'हामी यस्ता अभूतपूर्व पर्यवेक्षण उपकरणहरूको प्रयोग गरी सूर्य(पृथ्वी प्रणाली अध्ययन गर्ने उपग्रहहरुको समूहमा नयाँ मिसन थप्न पाउँदा खुसी छौँ, उनले भनेका थिए,' अरोरल इलेक्ट्रोजेट्स सम्बन्धी थप पर्यवेक्षण उपकरण  'योहको र 'हिनोडे' नामका सौर्य विज्ञान मिशन प्रति म उत्साहित छु।' 'इयुभीएसटी मिशन' बहु एजेंसी नेक्स्ट जनरेशन सोलर फिजिक्स मिशन साइन्स अब्जेक्टिभ टीमु ले दिएको जुलाई २०१७ को फाइनल रिपोर्टको सिफारिशलाई संबोधीत गर्छ। यस मिशनले सौर्य वायुमण्डलको व्यापक यूभी स्पेक्ट्रोस्कोपी मापनमा विवरणलाई अहिलेसम्मकै उच्चस्तरियता प्रदान गर्नेछ। यस मापनद्वारा चुम्बकीय प्रक्रियार प्लाज्मा पिण्डकोद्वारा हुने सौर्य उर्जाबारे पनि वैंज्ञानिकहरूलाई सटिक निश्कर्षमा पुर्‍याउनेछ।   

नासा मुख्यालयका हेलियो फिजीक्स विभागका निर्देशक निकि फक्स पनि यस मिसनले उनलाई अत्यन्तै उत्साहित बनाएको बताउँछन्। उनी भन्छन्, ‘इयुभीएसटी ले गर्ने अवलोकन मार्फत हामीलाई सुर्यबारे नयाँ दृष्टी मिल्नेछ र अन्य वर्तमानका अभियानलाई पनि थप पुरण गर्नेछ।’

इजेडआइइ तिनवटा १० सेमी क्युबिक एकाइको बनोटमा बनेका अत्यन्तै साना उपग्रहरू हुनेछन्। यस उपग्रहले पृथ्वीको सतहदेखी ६०-९० माइल माथीको वायुमण्डलबाट सुरू गरी पृथ्वीको चुम्बकीय क्षेत्र (म्याग्नेटोस्फीयर) को परिधि भित्रको विद्ध्युतिय प्रवाह (अउरोरल इलेक्ट्रोजेट) बारे अनुसन्धान गर्नेछ।

यस क्षेत्र भित्र सौर्य हावाको अर्न्तक्रियाले चुम्बकिय क्षेत्रको चुम्बकिय प्रवाहलाई सूर्यको किरण परेको र नपरेको बेलामा (दिन या रात्रि समयमा) संकुचित र बाहिर तान्ने काम गर्छ। यस प्रक्रियालाई म्याग्नेटोटेलको संज्ञा दिइएको छ। चुम्बकीय क्षेत्र भित्रको विद्ध्युतिय प्रवाह (अउरोरल इलेक्ट्रोजेट) यस म्याग्नेटोटेलको प्रक्रिया र परिवर्तन अनुसार उत्पन्न हुन्छ। अन्तरिक्षको मौसमी घटनाले ध्रुविय किरण लाई शक्ति दिन्छ जसले रेडियो र संचारका सिग्नल अनि पृथ्वी सतहमा उपयोग हुने ग्रिड एवं अन्तरिक्ष यानलाई समेत नोक्सान पुर्‍याउँछ।

हेलियोफिजिक्स डिभीजनका उप निर्देशक पेग लुसेनले यस्ता नयाँ अभियानबाट सूर्य, अन्तरिक्ष र पृथ्वीलाई आपसमा जोड्ने प्रणालीबारे अध्ययन र विस्तार हुने विचार प्रकट गरे। इजेडआइइ ले प्रयोगमा ल्याउने विज्ञान प्रमाणित प्रविधी (क्युब स्याट प्रविधी) हो जसले विज्ञान र प्रविधीको समिश्रण गरेको भनाइ लुसेनको थियो। लुसेनले यसलाई अनुपम विकाशको उदाहरणीय नमुना भनेका छन्। 

यस्ता मिसनहरूको लागि कोष व्यवस्थापनको काम हेलियोफिजिक्स खोज कार्यक्रमबाट हुन्छ यस्ता कार्यक्रमलाई ग्रीनबेल्ट मेरीलेण्ड स्थीत नासाको गोडार्ड स्पेस फ्लाइट सेंटरद्वारा प्रबंधित गरिन्छ।

(नासा डट गभबाट)
 

प्रकाशित मिति: ०८:१४ बजे, शनिबार, पुस २५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्