Kathmandu Press

गेस्ट हाउसबाट चरेससहित दुई जना पक्राउ    

काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित गेस्ट हाउसबाट तीन किलो अवैध लागुऔषध चरेससहित दुई जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।
गेस्ट हाउसबाट चरेससहित दुई जना पक्राउ    

काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित गेस्ट हाउसबाट तीन किलो अवैध लागुऔषध चरेससहित दुई जनालाई आज प्रहरीले पक्राउ गरेको छ  । पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका–४ गाईघाटका २७ वर्षीय सुरज चौधरी र सल्यान त्रिवेणी गाउँपालिका–७ का २४ वर्षीय कुमार विक रहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।     

मित्रनगरस्थित एक होटलमा लागुऔषधको कारोबार हुँदै छ भन्ने सूचनाको आधारमा महाशाखाबाट खटिएको प्रहरीले उनीहरू बसेको कोठा तलासी गर्दा कालो झोलाभित्र लुकाई राखेको अवस्थामा चरेश फेला पारी पक्राउ गरेको हो ।  उनीहरूलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर, काठमाडौँ पठाइएको महाशाखा प्रमुख दीपक थापाले जानकारी दिए । 

प्रकाशित मिति: १८:४६ बजे, शुक्रबार, पुस २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्