Kathmandu Press

कार्यकर्तालाई ईश्वर पोखरेलले भने– आधिकारिक नेकपा हामी हौं, द्विविधामा नपर्नुस्

कार्यकर्तालाई ईश्वर पोखरेलले भने– आधिकारिक नेकपा हामी हौं, द्विविधामा नपर्नुस्

काठमाडौं, पुस २४ : उपप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य ईश्वर पोखरेलले आफूहरु रहेको समूह नै आधिकारिक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भएको दाबी गरेका छन्।

शुक्रबार नेकपाको काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको जनप्रतिनिधि भेलालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले आफूहरु नै आधिकारिक नेकपा भएकाले द्विविधामा नपर्न कार्यकर्ताहरुलाई आग्रह गरेका हुन्।

उपप्रधानमन्त्री पोखरेलले आधिकारिक नेकपा आफूहरु नै भएकाले सूर्य चुनाव चिन्ह पनि आफूहरुसँगै रहने बताए। ‘आधिकारिक नेकपा र सूर्य चिन्ह कसको हुन्छ भन्ने कुरामा तपाईंहरु द्विविधामा नपर्नुस्,’ उनले भने,‘ आधिकारीक नेकपा हामी भएकाले सूर्च चिन्ह हाम्रै हो, ढुक्क हुनुस्।’

उनले केही कानूनी रुपमा अल्झो टुंगिन बाँकी भएपनि अन्त्यमा आफूहरुले नै पार्टीको नाम र सूर्य चिन्ह पाउने बताए।  उपप्रधानमन्त्री पोखरेलले स्थानीय जनप्रतिनिधिहरुलाई सूर्य चिन्ह जता जान्छ त्यतै जाने मनस्थिति नबनाउन पनि आग्रह गरे। 
 

प्रकाशित मिति: १७:०६ बजे, शुक्रबार, पुस २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्