Kathmandu Press

दाहाल–नेपाल समूहको रून्चेपिन्चे कुराबाट ओली प्रतिगमन सच्चिँदैन : भट्टराई

भट्टराईले नेकपा दाहाल–नेपाल समूहलाई लक्षित गर्दै ट्वीटमा लेखेका छन्, ‘ओलीले गल्ती स्वीकार गरेमा, आत्मालोचना गरेमा, कान समातेमा.. पार्टी एकता हुन सक्छ, सँगै भातभान्सा हुन सक्छ जस्ता रून्चेपिन्चे कुरा गरेर ओली प्रतिगमन सच्याउन सकिन्न है ।
दाहाल–नेपाल समूहको रून्चेपिन्चे कुराबाट ओली प्रतिगमन सच्चिँदैन : भट्टराई

काठमाडौं– पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ‘ओली प्रतिगमन’ सच्याउन नसकिने बताएका छन् । उनले ट्वीटरमार्फत नेकपा दाहाल–नेपाल समूहको रून्चेपिन्चे कुराबाट ओली प्रतिगमन सच्याउन नसकिने बताएका हुन् ।

भट्टराईले नेकपा दाहाल–नेपाल समूहलाई लक्षित गर्दै ट्वीटमा लेखेका छन्, ‘ओलीले गल्ती स्वीकार गरेमा, आत्मालोचना गरेमा, कान समातेमा.. पार्टी एकता हुन सक्छ, सँगै भातभान्सा हुन सक्छ जस्ता रून्चेपिन्चे कुरा गरेर ओली प्रतिगमन सच्याउन सकिन्न है ।’

भट्टराईले  जर्मनमा हिटलरको उदय र जर्मनीको सर्वनाशमा यस्तै ढुलमुले पिलन्धरे प्रवृत्तिको ठूलो भूमिको भएको टिप्पणी गरेका छन् । उनले लेखेका छन्, ‘हिटलरको उदय र जर्मनीको सर्वनाशमा यस्तै ढुलमुले पिलन्धरे प्रवृत्तिको ठूलो भूमिका थियो भन्ने नबिर्सौं । इतिहास नदोहोरिओस् । 

 

प्रकाशित मिति: १७:०३ बजे, शुक्रबार, पुस २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्