परराष्ट्रमन्त्री ज्ञवाली माघ १ गते भारत जाँदै
काठमाडौं, पुस २४ : परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली छिमेकी मुलुक भारत जाने भएका छन्। धनगढीमा शुक्रबार आयोजित जनसभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले...
काठमाडौं, पुस २४ : परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली छिमेकी मुलुक भारत जाने भएका छन्।
धनगढीमा शुक्रबार आयोजित जनसभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्रमन्त्री ज्ञवाली माघ १ गते भारत भ्रमणमा जान लागेका बताएका हुन्।
उनले परराष्ट्रमन्त्री ज्ञवली सुदूरपश्चिमको विकास र सीमा नाकाको अवस्था सुधार गर्ने कुरा गर्न भारत जान लागेको बताएका हुन्।
केही समयदेखि काठमाडौं र नयाँदिल्लीमा परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमणबारे तयारी भइरहेको बताइएपनि यसको औपचारिक जानकारी दुवै देशले दिएको छैन।
प्रकाशित मिति: १५:१४ बजे, शुक्रबार, पुस २४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











