Kathmandu Press

विकासको सपना बाँड्दै प्रधानमन्त्रीले भने– हामीलाई देश विकास गर्नु छ, गालीगलौज गर्ने फुर्सदै छैन

उनले नेकपा दाहाल–नेपाल समूहलाई कटाक्ष गर्दै भने, ‘केही भगौडाहरु सडकमा गएर अश्लील गालीगलौज गरेर बसेका छन् ।  हामीलाई त देश विकास गर्नु छ, गालीगलौज गर्ने फुर्सदै छैन ।’
विकासको सपना बाँड्दै प्रधानमन्त्रीले भने– हामीलाई देश विकास गर्नु छ, गालीगलौज गर्ने फुर्सदै छैन

काठमाडौं–  प्रधानमन्त्री केपी शर्मा ओलीले देशविकास गर्न व्यस्त भएकाले गालीगलौज गरेर बस्ने समय नभएको बताएका छन् । आज धनगढीमा आयोजित नेकपा ओली समूहको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशविकास गर्न लागिपरेकाले गालीगलौज गरेर बस्ने समय नभएको बताएका हुन् ।

उनले नेकपा दाहाल–नेपाल समूहलाई कटाक्ष गर्दै भने, ‘केही भगौडाहरु सडकमा गएर अश्लील गालीगलौज गरेर बसेका छन् ।  हामीलाई त देश विकास गर्नु छ, गालीगलौज गर्ने फुर्सद छैन ।’ उनले केही भगौडाहरु  केन्द्रीय कमिटीको बैठकमा नआएर अन्त गएर गालीगलौजमा समय बिताएको भन्दै चर्को आलोचना गरे  ।  उनले भने, ‘बाटामा बसेर भन्छन्, हामी यहाँ छौँ । मुख छाडेर  हिँडेका छन् ।’ 

Hardik ivf

उनले सम्बोधनका क्रममा विकासका अनेक आयामको चर्चा गरे । उनले नेपाली जनतालाई कसरी सुखी बनाउने भन्नेतर्फ केन्द्रित भएको बताए । उनले भने, ‘हाम्रो ध्यान नेपाली जनताले पाएको दुःखप्रति छ । हामी आफ्ना लागि स्वदेशमा पर्याप्त उत्पादन कसरी गर्ने भनेर चिन्तित छौँ । कृषिको व्यवसायीकरण गर्नु छ । डोकामा होइन, ट्याक्टरमा उत्पादन ओसारपसार गर्ने व्यवस्था मिलाउँछौँ ।’

उनले सिँचाइ, स्वास्थ्य, विमानस्थल, खानीलगायतका विषय उठान गरेर विकास निर्माणका काम गर्ने आश्वासन दिए ।

प्रकाशित मिति: १५:१२ बजे, शुक्रबार, पुस २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्