Kathmandu Press

संसद विघटन गरेर प्रधानमन्त्री ओलीले जनमतको अपमान गरे : भट्ट

काठमाडौं, पुस २४ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सांसद तारादेवी भट्टले प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले जनमतको अपमान गरेको आरोप...
संसद विघटन गरेर प्रधानमन्त्री ओलीले जनमतको अपमान गरे : भट्ट

काठमाडौं, पुस २४ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सांसद तारादेवी भट्टले प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले जनमतको अपमान गरेको आरोप लगाएकी छिन्। 

शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै सांसद भट्टले प्रधानमन्त्री ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेको आरोप लगाएकी हुन्। ‘संविधानमा प्रधानमन्त्रीले संसद् विघटन गर्ने कुनै प्रावधान छैन, प्रतिनिधिसभाले नयाँ सरकार दिन सकेन भने मात्र संसद् विघटन हुने अवस्था हो,’ उनले भनिन्। 

प्रतिनिसिभा विघटनसम्बन्धी विषयमा सर्वोच्च अदालतले जनताको चासो तथा संविधानको भावना र मर्मअनुसार फैसला गर्ने उनले विश्वास व्यक्त गरिन्।

कोरोनाको महामारीका बेला जनताको स्वास्थ्योपचारमा बजेट लगाउनुपर्ने बेलामा अवधि नपुगीकन निर्वाचनमा पैसा खन्याउने कार्य ठीक नभएको बताउँदै उनले सरकारले जनताका पक्षमा गौरव गर्नलायक काम गर्न नसकेको आरोप लगाइन्।
 

प्रकाशित मिति: १५:१० बजे, शुक्रबार, पुस २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्