उल्टो हिँडेर नेविसंघले गर्यो संसद विघटनको विरोध
काठमाडौं, पुस २४ : नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौंको माइतीघरमा उल्टो हिँडेर विरोध प्रदर्शन गरेको छ। संसद विघटनको विरोघमा संघले माइतीघरदेखि उल्टो हिँडेर...
काठमाडौं, पुस २४ : नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौंको माइतीघरमा उल्टो हिँडेर विरोध प्रदर्शन गरेको छ। संसद विघटनको विरोघमा संघले माइतीघरदेखि उल्टो हिँडेर बानेश्वरसम्म पुगेको हो।
प्रदर्शनमा नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष राजीव ढुंगाना, उपाध्यक्ष तुलसा थपलिया, महामन्त्री उर्मिला थपलिया, वलदेव तिमल्सिना, युवराज पाण्डेलगायतको सहभागिता रहेको छ।
उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नारावाजीसमेत गरेका थिए।
प्रधानमन्त्री केपी ओलीले संविधानविपरीत संसद विघटन गरेर उल्टो बाटोमा हिँडेकाले सांकेतिकरुपमा विरोध गरिएको नेविसंघले जनाएको छ।
प्रकाशित मिति: १५:०४ बजे, शुक्रबार, पुस २४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











