Kathmandu Press

भारत–अस्ट्रेलिया टेस्ट : स्मिथले बनाए २७औं शतक, अस्ट्रेलिया ३३८ रनमै समेटियो

सिड्नी, पुस २४ : अस्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट क्रिकेटमा अस्ट्रेलियाली मध्यक्रमका ब्याट्सम्यान स्टिभेन स्मिथले शतक प्रहार गरेका छन्। स्मिथको शतकको मद्दतले अस्ट्रेलियाले...
भारत–अस्ट्रेलिया टेस्ट : स्मिथले बनाए २७औं शतक, अस्ट्रेलिया ३३८ रनमै समेटियो

सिड्नी, पुस २४ : अस्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट क्रिकेटमा अस्ट्रेलियाली मध्यक्रमका ब्याट्सम्यान स्टिभेन स्मिथले शतक प्रहार गरेका छन्। स्मिथको शतकको मद्दतले अस्ट्रेलियाले पहिलो इनिङमा ३३८ रनको मध्यम स्कोर खडा गरेको छ। 

स्मिथले १३१ रनको महत्वपूर्ण योगदान दिएका थिए। वर्षाले प्रभावित खेलमा दोस्रो दिनको खेल दुई विकेटको क्षतिमा १६६ रनबाट अगाडि बढाएको अस्ट्रेलियाले मध्य र पुछारका क्रमका ब्याट्सम्यानको फितलो प्रदर्शनका कारण ३३८ रनमै पूरै टिम समेटिएको थियो। 

अस्ट्रेलियाका लागि स्मिथ बाहेक प्रारम्भिक ब्याट्सम्यान विल पुकोभ्स्कीले ६२, मार्नस लाबुसानेले ९१, मिचेल स्टार्कले २४ तथा म्याथ्यु वेडले १३ रन बनाउनु बाहेक अन्य खेलाडी सस्तोमै आउट भएका थिए। 

डेभिड वार्नर ५, क्यामरुन ग्रिन ०, कप्तान टिम पेन १, प्याट कमिन्स ०, नाथन लायन ० तथा जस हेजलउडले अविजित १ रन बनाएका थिए। 

भारतका लागि रबिन्द्र जडेजाले ४, नवदीप सैनीले २, मोहम्मद सिराजले १ तथा जसप्रित बुमराहले २ विकेट लिएका थिए।

यसैबीच, भारतले आफ्नो पहिलो इनिङ शुरु गरेको छ। दोस्रो दिनको खेल सकिँदा भारतले २ विकेटको क्षतिमा ९६ रन बनाएको छ। 

भारतीय ब्याट्सम्यान रोहित शर्माले २६ बनाएर हेजलउडको बलमा आउट भएका छन् भने शुभमन गिल ५० रन बनाएर प्याट कमिन्सको बलमा आउट भइसकेका छन्।

दोस्रो दिनको खेल समाप्त हुँदा कप्तान अजिन्क्य रहाणे ५ रन र चेतेश्वर पुजारा ९ रन बनाएर अविजित छन्। भारत अझै पनि अस्ट्रेलियाभन्दा २४२ रनले पछि छ। 

प्रकाशित मिति: १३:३१ बजे, शुक्रबार, पुस २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्