Kathmandu Press

अमेरिकी संसदमा घाइते एक प्रहरीको मृत्यु

वासिङ्टन, पुस २४ : अमेरिकी संसद भवनभित्र बुधबार प्रवेश गरेका ट्रम्प समर्थकको आक्रमणबाट घाइते भएका एक प्रहरीको मृत्यु भएको छ। बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड...
अमेरिकी संसदमा घाइते एक प्रहरीको मृत्यु

वासिङ्टन, पुस २४ : अमेरिकी संसद भवनभित्र बुधबार प्रवेश गरेका ट्रम्प समर्थकको आक्रमणबाट घाइते भएका एक प्रहरीको मृत्यु भएको छ। 

बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उक्साहटपूर्ण भाषणपछि आक्रोशित समर्थकहरुले अमेरिकी संसदभित्र प्रवेश गरेर व्यापक तोडफोड गरेका थिए। 

प्रहरी कारबाहीमा प्रदर्शनकारीतर्फ एक महिला सहित चार जनाको मृत्यु भएको थियो। प्रहरीका अनुसार एक जना संसद भवनभित्र र अरु तीन जना संसद भवनको बाहिर मृत्यु भएको थियो।

क्यापिटोल प्रहरीले एक वक्तव्य प्रकाशन गरी प्रहरी अधिकृत ब्रायन सिकनिकको बिहीबार राति ज्यान गएको जनाएको छ। भिड नियन्त्रणमा खटिएका बेला घाइते भएका ब्रायनलाई तत्कालै स्थानीय अस्पतालमा भर्ना गरिए पनि बचाउन नसकिएको भन्दै क्यापिटोल प्रहरीले दुःख व्यक्त गरेको छ। 

प्रकाशित मिति: १३:२६ बजे, शुक्रबार, पुस २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्