संसद विघटनको विरोधमा विवेकशील पार्टीको विरोध प्रदर्शन
काठमाडौं, पु्स २४ : विवेकशील पार्टीले आज पनि माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। संसद विघटनको विरोधमा पार्टीले ऐना बोकेर प्रदर्शन गरेको हो। प्रदर्शनकारीले ‘रिफ्लेक्ट...
काठमाडौं, पु्स २४ : विवेकशील पार्टीले आज पनि माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। संसद विघटनको विरोधमा पार्टीले ऐना बोकेर प्रदर्शन गरेको हो।
प्रदर्शनकारीले ‘रिफ्लेक्ट गरौं नागरिकलेरसमाजलेरदललेरसरकारले’ लेखिएको प्लेकार्ड बोकेका थिए।
साथै, विवेकशीलका कार्यकर्ताहरुले ‘असंवैधानिक संसद विघटन खारेज गर’ लेखिएको मूल ब्यानरमा प्रदर्शन गरेका छन्।
यही पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा विद्यादेवी भण्डारीले संसद विघटन गरेकी थिइन्। त्यसविरुद्ध विभिन्न राजनीतिक दलहरुले विरोध प्रदर्शन गर्दै आएका छन्।
प्रकाशित मिति: १३:०९ बजे, शुक्रबार, पुस २४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











