धनगढी पुगे प्रधानमन्त्री
काठमाडौं, पुस २४ : प्रधानमन्त्री केपी शर्मा ओली धनगढी पुगेका छन्। शुक्रबार श्री एयरलाइन्सको जहाजमार्फत उनी जनसभालाई सम्बोधन गर्न धनगढी पुगेका हुन्।प्रधानमन्त्रीले आज...
काठमाडौं, पुस २४ : प्रधानमन्त्री केपी शर्मा ओली धनगढी पुगेका छन्। शुक्रबार श्री एयरलाइन्सको जहाजमार्फत उनी जनसभालाई सम्बोधन गर्न धनगढी पुगेका हुन्।
प्रधानमन्त्रीले आज धनगढीको खुलामञ्चमा हुने प्रदेशस्तरीय जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
सूदूरपश्चिमाका मुख्यमन्त्री त्रिलोचन भट्टको सचिवालयका अनुसार धनगढी आउने औपचारिक जानकारी नभएको कारण उनको स्वागतको लागि कोही नगएको जनाएको छ।
प्रकाशित मिति: १२:४९ बजे, शुक्रबार, पुस २४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











