Kathmandu Press

प्रधानमन्त्रीको विरोधमा धनगढीमा टायर बालेर प्रदर्शन

काठमाडौं, पुस २४ : धनगढीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड-नेपाल समूहका विद्यार्थीहरूले टायर बालेर विरोध प्रदर्शन गरेका छन्। शुक्रबार प्रदेश कमिटीको आयोजनामा हुन...
प्रधानमन्त्रीको विरोधमा धनगढीमा टायर बालेर प्रदर्शन

काठमाडौं, पुस २४ : धनगढीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड-नेपाल समूहका विद्यार्थीहरूले टायर बालेर विरोध प्रदर्शन गरेका छन्। 

शुक्रबार प्रदेश कमिटीको आयोजनामा हुन लागेको जनसभालाई सम्बोधन गर्न धनगढी जान लागेका प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा अनेरास्ववियूका कार्यकर्ताले टायर बालेर विरोध जनाएका हुन्।

प्रधानमन्त्रीले सम्बोधन गर्नको लागि बनाइएको मञ्च नजिकै टायर बालेर विरोध जनाएको तथा प्रधानमन्त्रीलाई ६ ठाउँमा कालोझण्डा देखाउने कार्यक्रम रहेको अनेरास्ववियूका एक नेताले बताए।

प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री ओली पहिलो पटक राजधानीबाहिर जान लागेकाले सुरक्षा व्यवस्था कडा बनाइएको छ। विमानस्थलमा तालिम प्राप्त कुकुरसहित सेना परिचालन गरिएको छ भने धनगढीका चोक चोकमा बाक्लो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको छ।

प्रकाशित मिति: १२:१२ बजे, शुक्रबार, पुस २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्