ललितपुरमा दिउँसै लुटपाट गर्ने चार जना पक्राउ
काठमाडौं, पुस २४ : ललितपुरस्थित च्यासलमा दिउँसै लुटपाट गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा तीन महिला र एक पुरुष रहेका...
काठमाडौं, पुस २४ : ललितपुरस्थित च्यासलमा दिउँसै लुटपाट गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा तीन महिला र एक पुरुष रहेका छन्।
उदयपुर घर भई हाल ललितपुरको च्यासल बस्दै आएका २६ वर्षीय भरत मगर, ताप्लेजुङको घर भइ ललितपुरको लगनखेल बस्दै आएकी २८ वर्षीया निर्मला राई, ललितपुरको भारदेब–२ घर भई हाल लगनखेल बस्दै आएकी २० वर्षीया सुस्मिता डिम्डो र ललितपुरको चापागाउँकी २९ वर्षीया लबिन लामा बल तामाङ रहेका छन्।
उक्त समूहले पुस १३ गते दिउँसो धनकुमारी ठकुरीको कोठाबाट सी माला २ थान, पहेँलो पत्थर १ थान, पहेँलो टल्किने धातु १ थान र पुराना सिक्काहरु १४ थान लुटेको उजुरी प्रहरीमा परेको थियो।
सोही उजुरीको आधारमा अनुसन्धान गर्दा प्रहरीले उनीहरुलाई च्यासलबाट पक्राउ गरेको हो।
प्रकाशित मिति: १२:०० बजे, शुक्रबार, पुस २४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











