Kathmandu Press

प्रधानमन्त्री ओली आज धनगढी जाँदैं 

काठमाडौं, पुस २४ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज सुदूरपश्चिम प्रदेशको धनगढी जाने भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश कमिटीको आयोजनामा...
प्रधानमन्त्री ओली आज धनगढी जाँदैं 

काठमाडौं, पुस २४ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज सुदूरपश्चिम प्रदेशको धनगढी जाने भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश कमिटीको आयोजनामा हुने जनसभालाई सम्बोधन गर्न उनी धनगढी जान लागेका हुन ।

प्रधानमन्त्री ओलीको भ्रमणलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, दिपायलले जानकारी दिएको छ ।

नेकपा ओली समूहका प्रदेश अध्यक्ष कर्णबहादुर थापाले सभाको तयारी पूरा भईसकेको छ । संसद विघटनपछि विभाजित नेकपाका दुवै समूहले आ-आफ्ना कार्यक्रमलाई तीव्रता दिएका छन् ।  

‘दाहाल नेपाल’ समूहले प्रतिनिधिसभा विघटनको विरोधमा प्रदर्शन गर्दै आएको छ भने ओली समूहले निर्वाचनको तयारीमा जुट्न आग्रह गर्दै कार्यकर्ता भेला तथा प्रशिक्षणलाई निरन्तरता दिँदै आएको छ ।

प्रकाशित मिति: ०८:१० बजे, शुक्रबार, पुस २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्