उपत्यकामा हिजोभन्दा आज चिसो
काठमाडौं, पुस २४ : पश्चिमी वायुको प्रभाव कम हुँदै जाँदा मुलुकभर मौसम क्रमिक रूपमा खुल्दै गएको छ ।अझै पनि देशमा पश्चिमी वायुको सामान्य...
काठमाडौं, पुस २४ : पश्चिमी वायुको प्रभाव कम हुँदै जाँदा मुलुकभर मौसम क्रमिक रूपमा खुल्दै गएको छ ।
अझै पनि देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहँदा प्रदेश १ को पहाडी भू भागमा आंशिक बदलीको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले पनि तराईका भूभागमा हुस्सु लागिरहेको र दिउँसो क्रमिकरूपमा खुल्दै जाने महाशाखाले जनाएको छ । आज बिहान काठमाण्डौ उपत्यकाको तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको छ ।
हिजो बिहान काठमाण्डौको तापक्रम ५ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो । बादल हटेर आकाश खुलेकाले चिसो बढेको हो ।
प्रकाशित मिति: ०७:३० बजे, शुक्रबार, पुस २४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










