Kathmandu Press

भारतमा कोरोना संक्रमितको संख्या १ करोड ४ लाख

भारतमा कोरोना संक्रमितको संख्या १ करोड ४ लाख

काठमाडौ, पुस २४ : भारतमा थप १८ हजार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा १८ हजार १०६ जनामा संक्रमण भएको हो । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ४ लाख १४ हजार ४४ पुगेको हो ।

Hardik ivf

संक्रमितमध्ये अहिलेसम्म १ करोड ३६ हजार २२ जना संक्रमणमुक्त भएका छन् । यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५० हजार ६०६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २३४ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५० हजार ६०६ पुगेको हो ।

प्रकाशित मिति: ०७:१५ बजे, शुक्रबार, पुस २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्