मैल उहिल्यै संसदको रोष्टमबाट भनेको मुलुक डुब्न लाग्यो भनेर : माधव नेपाल
काठमाडौं, पुस २३ : नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधव नेपालले केपी ओलीको सरकार संचालनको तौरतरिका मन नपरेर आफुले उहिले नै...
काठमाडौं, पुस २३ : नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधव नेपालले केपी ओलीको सरकार संचालनको तौरतरिका मन नपरेर आफुले उहिले नै देश डुब्न लागेको भनेको बताएका छन् ।
नेकपाको सो समुहले नागरिक समाजसंगको छलफलमा अध्यक्ष नेपालले ओली प्रवृत्तिले कुनै दिन मुलकका संकट निम्तिने ठानेर आफुले संसदमा नै ‘मेरो देश डुब्नै लाग्यो किनारा लगाइदेऊ’ भनेर बोलेको स्मरण गरे । नेपालले त्यही बेलादेखि ओलीको सरकार सञ्चालन गर्ने तौरतरिकाले आफूलाई त्यस्तो महशुस भएको बताए ।
उनले भने– ‘ओलीको सरकार सञ्चालनको तौरतरिका देखेर मैले संसद्मा भनेको थिएँ, मेरो देश डुब्नै लाग्यो किनारा लगाइदेऊ, माझी छौ कि कोही यो देश बचाइदऊ। यो भनेबापत ओलीले आफुलाई खेदेको खेदै गर्नुभयो ।’ आफू त्यही बेलादेखि ओली प्रवृत्तिबाट आजित भएपनि बेदना सुनाउने र देखाउने ठाउँ नभएको भन्दै उक्त कार्यक्रममा आफ्ना वेदना उनले पोखे। अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीसँग भन्दा पनि उनको प्रवृत्तिसँग आफ्नो लडाइँ भएको नागरिक समाजलाई जानकारी गराए ।
नेपालले बा भन्ने संस्कृतिका पक्षपोषकहरुका कारण लोकतन्त्र नै खतरामा परेको बताए । उनले भने–‘हामी लोकतान्त्रिक हौं। सबैको मानसम्मान र मर्यादा राखौं। सबैको कुरा सुन्ने बानी बसालौं। सही भए स्वीकारौं भन्छौं। तर ओली प्रवृतिमा यो देखिएन् ।’ नेपालले पार्टी भित्रको समस्या बाहिर जथाभावी भन्न पनि नमिल्ने भएकाले वेदना कहाँ सुनाउ भन्ने भएको समेत बताए । उनले भने–‘पार्टी भित्र समस्या थियो। बाहिर भन्न पनि नहुने पार्टीका कुरा। वेदना कहाँ सुनाउने ? तर, आज समयले तपाईं र मेरो ती वेद
ना साझा भएका छन्। बाँडिरहेका छौं।’ नेपालले आफूहरु कम्युनिस्ट भएपनि उग्रवामपन्थी नरहेको दाबि गरे । नेपालले कुनै बेलामा आफुहरुसंग भएको उग्रवामपन्थ थियो तर त्यो आफुहरुले बागमतीमा बगाइसकेको स्पष्ट पारे ।










