बहुविवाह गरेको आरोपमा श्रीमान् पक्राउ
बहुविवाह गरेको आरोपमा एक जोडीलाई सप्तरी प्रहरीले आज पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कञ्चनरुपले सप्तरीको कञ्चनरुप नगरपालिका–६ का ३५ वर्षीय मो. इब्राहिम मियाँ र ३२ वर्षीया हसिना खातुनलाई पक्राउ गरेको हो ।बहुविवाह गरेको आरोपमा एक जोडीलाई सप्तरी प्रहरीले आज पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कञ्चनरुपले सप्तरीको कञ्चनरुप नगरपालिका–६ का ३५ वर्षीय मो. इब्राहिम मियाँ र ३२ वर्षीया हसिना खातुनलाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जेठी श्रीमती सैरुन खातुनको उजुरीमा बहुविवाह गरी कञ्चनरुपस्थित घरमा बसेका इब्राहिम र उनकी कान्छी श्रीमती हसिनालाई पक्राउ गरिएको जानकारी दिए । कान्छी श्रीमती हसिना सुनसरीको भोक्राहा गाउँपालिका–३ का मन्सी मिंयाकी छोरी हुन् ।
भोक्राहामा नै विवाह गरी मंसिर १३ गते मात्र घर आएका आरोपित पतिले कान्छी श्रीमती भन्दै घर भित्र्याएको पीडितले बताए । पीडित सप्तरीको खडक नगरपालिका–१० फुलबडियास्थित माइत बस्दै आएकी छन् । उनको १२ वर्षीय छोरा छन् ।
प्रकाशित मिति: १८:३१ बजे, बिहीबार, पुस २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्नेमा मुख्यमन्त्रीको जोडशनिबार, मंसिर ८, २०८१
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१
जटिल रोग लागेका बिरामीलाई लुम्बिनी प्रदेशको दुई लाख सहयोगशुक्रबार, मंसिर ७, २०८१