प्रधानमन्त्रीको इच्छामा प्रतिनिधिसभा भङ्ग हुन सक्दैन : सांसद विडारी
काठमाडौं, पुस २३ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड–नेपाल समूहका राष्ट्रियसभा सदस्य रामनारायण विडारीले प्रतिनिधिसभा प्रधानमन्त्रीको इच्छामा भङ्ग हुन नसक्ने बताएका छन्। बिहीबार...
काठमाडौं, पुस २३ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड–नेपाल समूहका राष्ट्रियसभा सदस्य रामनारायण विडारीले प्रतिनिधिसभा प्रधानमन्त्रीको इच्छामा भङ्ग हुन नसक्ने बताएका छन्।
बिहीबार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै सांसद विडारीले नेपालको संविधानले प्रतिनिधिसभाको निरन्तरताको सिद्धान्त अँगालेको बताए। उनले नेपालको संविधान २०४७ हेरेर प्रतिनिधिसभा विघटन गर्न नपाइने पनि बताए।
उनले विश्वको संसदीय प्रणालीलाई नियालेर हेर्न अनुरोध गर्दै क्यानडामा विशेषाधिकारले मात्रै विघटन गर्न सकिने भनेर लेखिए पनि एक सय वर्ष हुँदा पनि विघटन नभएको, फ्रान्समा सभामुखको परामर्शमा तथा पोर्चुगल र नेदरल्याण्ड्समा संसदीय दलको नेताका परामर्शले मात्रै विघटन हुने व्यवस्था रहेको बताए।
नेपालमा छुट्टै व्यवस्था रहेको र प्रधानमन्त्रीले विश्वासको मत लिन नसके मात्रै बल्ल प्रतिनिधिसभा विघटनतर्फ जाने व्यवस्था रहेको उनको भनाइ थियो । संविधानलाई कसैले पनि शक्तिहीन बनाउनु हुँदैन, ताजा जनादेश माग प्रधानमन्त्रीको इच्छाबाट हुँदैन,’उनले भने।










