Kathmandu Press

भारत–अस्ट्रेलिया टेस्ट : अस्ट्रेलिया सुदृढ स्थितितर्फ अग्रसर

सिड्नी, पुस २३ : अस्ट्रेलियाको सिड्नीमा बिहीबारदेखि शुरु भएको तेस्रो टेस्ट क्रिकेटमा पहिले ब्याटिङ गर्दै अस्ट्रेलिया सुदृढ स्थितितर्फ अग्रसर भएको छ। टस जितेर पहिले...
भारत–अस्ट्रेलिया टेस्ट : अस्ट्रेलिया सुदृढ स्थितितर्फ अग्रसर

सिड्नी, पुस २३ : अस्ट्रेलियाको सिड्नीमा बिहीबारदेखि शुरु भएको तेस्रो टेस्ट क्रिकेटमा पहिले ब्याटिङ गर्दै अस्ट्रेलिया सुदृढ स्थितितर्फ अग्रसर भएको छ। 

टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ५५ ओभरमा २ विकेटको क्षतिमा १६६ रन बनाएको छ। वर्षाले प्रभावित उक्त खेलमा अस्ट्रेलियाले प्रारम्भिक ब्याट्सम्यान डेभिड वार्नरलाई व्यक्तिगत पाँच रनमै गुमाएको थियो। उनलाई भारतीय बलर मोहम्मद सिराजले आउट बनाएका थिए। 

तर त्यसपछि पहिलो टेस्ट खेल्न मैदानमा उत्रेका विल पुकोभ्स्कीले नवदीप सैनीको बलमा आउट हुनुअघि महत्वपूर्ण ६२ रन बनाएका थिए। क्रिजमा मार्नस लाबुसेने ५७ र स्टिभन स्मिथ २६ रन बनाएर खेलिरहेका छन्।
यी दुई टीमबीच यसअघिका दुई टेस्टमा १–१ को बराबरी भएको थियो।

नियमित कप्तान विराट कोहली विदामा बसेकाले यस टेस्टमा पनि अजिन्क्य रहाणेले कप्तानी गरिरहेका छन्। भारतीय टिममा रोहित शर्मा, शुभमन गिल, चेतेश्वर पुजारा, अजिन्क्य रहाणे, हनुमा बिहारी, रिषभ पन्त, रबिन्द्र जडेजा, रविचन्द्रन अश्विन, नवदीप सैनी, जसप्रित बुमराह र मोहम्मद सिराज रहेका छन्। 

अस्ट्रेलियाली टिमको कप्तानी टिम पेनले गरेका छन्। अस्ट्रेलियाली टिमका अन्य खेलाडीमा विल पुकोभ्स्की, डेभिड वार्नर, मार्नस लाबुसाने, स्टिभन स्मिथ, क्यामरुन ग्रिन, म्याथ्यु वेड, प्याट कमिन्स, मिचेल स्टार्क, नाथन लायन, जस हेजलउड रहेका छन्।

प्रकाशित मिति: १४:२३ बजे, बिहीबार, पुस २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्