पार्टी जोगाउन प्रधानमन्त्रीले पदबाट राजीनामा दिनुपर्थ्यो : वामदेव गौतम
काठमाडौं, पुस २३ : राष्ट्रियसभा सदस्य वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अल्पमतमा परेपछि राजीनामा दिनुपर्ने बताएका छन्। बिहीबार राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै...
काठमाडौं, पुस २३ : राष्ट्रियसभा सदस्य वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अल्पमतमा परेपछि राजीनामा दिनुपर्ने बताएका छन्।
बिहीबार राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै उनले पार्टीका नेताहरुले आफूविरुद्ध अविश्वासको प्रस्ताव लगिँदैछ भन्ने थाहा पाएपछि प्रधानमन्त्री ओलीले पार्टी जोगाउन पदबाट राजीनामा दिनुपर्ने बताएका हुन्।
‘प्रधानमन्त्रीसामू पार्टी एकता जोगाउने अन्तिम पटक अवसर थियो,’ उनले भने, ‘म भएको भए राजीनामा दिन्थेँ। मेहनत गरेर निर्माण गरेको पार्टी जोगिन्थ्यो।’
प्रकाशित मिति: १४:११ बजे, बिहीबार, पुस २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










