प्रधानमन्त्रीकै कार्यशैलीले पार्टीमा धेरै विवाद उत्पन्न भयो : वामदेव गाैतम
उनले भने, ‘म प्रधानमन्त्रीको कटु आलोचक हुँ । उहाँकै कार्यशैलीले पार्टीमा धेरै धेरै विवाद उत्पन्न गराए । मैले धेरैपटक कार्यशैली सुधार गर्न सुझाव दिएको छु ।’.jpg)
काठमाडौं– नेकपाका वरिष्ठ उपाध्यक्ष तथा राष्ट्रिय सभाका सदस्य वामदेव गौतमले प्रधानमन्त्रीका कारण नेकपामा धेरे विवाद उत्पन्न भएर राजनीतिक संकट उत्पन्न भएको दाबी गरेका छन् । राष्ट्रिय सभाको हिउँदे अधिवेशनअन्तर्गत दोस्रो बैठकमा बोल्दै गौतमले प्रधानमन्त्रीकै कार्यशैलीले पार्टीमा अनेकौँ विवाद उत्पन्न भएर राजनीतिक संकट उत्पन्न भएको दाबी गरेका हुन् ।
उनले भने, ‘म प्रधानमन्त्रीको कटु आलोचक हुँ । उहाँकै कार्यशैलीले पार्टीमा धेरै धेरै विवाद उत्पन्न गराए । मैले धेरैपटक कार्यशैली सुधार गर्न सुझाव दिएको छु ।’
त्यस्तै, उनले नेकपा विभाजनको औचित्यसमेत नभएको दाबी गरेका छन् । उनले भने, ‘नेकपा विभाजनको कुनै औचित्य छैन । पार्टी र नेतृत्वको शैलीका विषयमा कुरा उठाएँ । म पार्टीमा एक विरोधीका रूपमा प्रस्तुत भएँ । आलोचना गर्नेहरुको बिचमा रहेर अविश्वासको प्रस्तावलाई असफल गराएको थिएँ ।’
उनले आफूले नेकपा एकीकरण प्रक्रियामा उल्लेखनीय योगदान गर्दा गर्दै प्रधानमन्त्रीबाट प्रतिनिधिसभा विघटनको विषयमा पूर्वजानकारी नपाएकामा दुःख व्यक्त गरेका छन् ।










