अमेरिकी राष्ट्रपति ट्रम्प समर्थकद्वारा संसद भवनमा हमला
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले बुधबार अमेरिकी संसद् भवन क्यापिटोल हिलमा आक्रमण गरेका छन् । अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनको विजयलाई संसद्को संयुक्त सत्रले...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले बुधबार अमेरिकी संसद् भवन क्यापिटोल हिलमा आक्रमण गरेका छन् । अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनको विजयलाई संसद्को संयुक्त सत्रले प्रमाणीकरण गर्ने कार्यक्रम चलिरहँदा ट्रम्प समर्थकले संसद् भवनमा हमला गरेका थिए ।
ट्रम्प समर्थकको उक्त कार्य अमेरिकी प्रजातन्त्रको मुटुमै आक्रमण भएको भन्दै सर्वत्र आलोचना भएको छ भने राष्ट्रपति ट्रम्पमाथि सत्ताविद्रोहको प्रयत्न गरेको आरोप लागेको छ ।
राष्ट्रपति ट्रम्पले चुनावमा धाँधली भएको दाबी गर्दै रिपब्लिकन सांसदलाई पटक पटक जो बाइडेनलाई प्रमाणीकरण नगर्न अनुरोध गरेका थए । तर ट्रम्पको अनुरोधलाई बेवास्ता गर्दै सांसदहरुले दिनभरको रस्साकस्सीपछि साँझ पुनः प्रमाणीकरणको कार्यलाई अघि बढाएका छन् ।
राष्ट्रपति ट्रम्पका समर्थकको आक्रमणपछि ट्रम्पको पक्षमा रहेका कैयौं सांसदले ट्रम्पको साथ छाडेको घोषणा गरेका छन् । वासिङ्टन डिसीमा ट्रम्पले आफ्ना समर्थकको एक र् यालीलाई सम्बोधन गरेलगत्तै उत्तेजक भीले संसद् भवनमा आक्रमण गरेको थियो ।












