बागमती प्रदेशको हिउँदै अधिवेशन माघ ७ गतेका लागि आह्वान
हेटौंडा, पुस २३ : बागमती प्रदेशको हिउँदे अधिवेशन माघ ७ गते आह्वान गरिएको छ।बागमतीका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले माघ ७ गतेका लागि बैठक...
हेटौंडा, पुस २३ : बागमती प्रदेशको हिउँदे अधिवेशन माघ ७ गते आह्वान गरिएको छ।
बागमतीका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले माघ ७ गतेका लागि बैठक आह्वान गरेका हुन्। प्रदेश सभा सचिवालयले आज सूचना जारी गरि हिउँदे अधिवेशन आह्वान गरिएको जनाएको छ।
प्रदेश सभा सचिव कृष्णहरि खड्काले जारी गरेको विज्ञप्तिमा प्रदेश प्रमुख प्रसाईले संविधानको धारा १८३ को उपधारा १ बमोजिम बैठक आह्वान गरेको जनाकउा छन्।
अधिवेशन आह्वानका लागि शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले सिफारिश गरेको थियो।
नेकपा विभाजनपछि बागमती प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको छ। प्रदेश सभा बैठकमा मुख्यमन्त्री पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव पेश गरिने भएको छ।
प्रकाशित मिति: १३:३६ बजे, बिहीबार, पुस २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










