Kathmandu Press

बाबुछोरी सँगै प्रतिस्पर्धामा, बाबु खेलबाट आउट, छोरीलाई स्वर्ण

४५ वसन्त पार गरेका राजु दुबेले कुस्तीतर्फ छैटौं र सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कांस्य पदक जिते ।  बृहत् आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उनी छोरीसँगै   सहभागी भएका थिए । छोरीले स्वर्ण जितिन्, उनी चोटका कारण खेलबाट बाहिरिए ।
बाबुछोरी सँगै प्रतिस्पर्धामा, बाबु खेलबाट आउट, छोरीलाई स्वर्ण

४५ वसन्त पार गरेका राजु दुबेले कुस्तीतर्फ छैटौं र सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कांस्य पदक जिते ।  बृहत् आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उनी छोरीसँगै   सहभागी भएका थिए । छोरीले स्वर्ण जितिन्, उनी चोटका कारण खेलबाट बाहिरिए ।

‘आठौंमा त छोरी र म सँगै प्रतिस्पर्धामा उत्रिएका थियौं,’ सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गरेका दुबेले भने, ‘छोरीले स्वर्ण जितिन्, म दोस्रो खेलमा घाइते भएर बाहिरिएँ ।”     

राजु दुबे कुस्तीमा मुलुकमै प्रतिभावान् खेलाडीका रुपमा उदाएकी शिवानी दुबेका बुबा हुन् । राजु कञ्चनपुरको महेन्द्रनगरमा डेरा लिएर बस्छन् । डडेल्धुरामा तेह्र वर्ष मजदुरी गरेर परिवारसहित महेन्द्रनगर आइपुगेका सामान्य परिवारका दुबेको सपना  ठूलो छ ।   

राजु दुबे कुनै बेला भारतको हरियाणा क्षेत्रमा गाडीमा मजदुरीसँगै कुस्ती खेल्थे । ‘भारतमा करिब २५ वर्ष कुस्ती खेलेँ,’ बिहीबार बिहान यहाँस्थित कभर्डहलमा भेटिएका उनले भने, ‘भारत छाडेर स्वदेश आएको २० वर्षपछि छैटौं, सातौं र आठौं राष्ट्रिय कुस्ती प्रतियोगिता खेल्यौं ।’     

  • ‘नेपालका खेलाडी नभएका होइनन्,’ उनले भने, ‘खेलकुदबाट आर्थिक अवस्था मजबुत र जागिरको ग्यारेन्टी हुनुपर्छ ।’ फुर्सदमा जग्गा किनबेचको कारोबार गरेर जीविका चलाउँदै आएका उनले डेरामै बसेर छोरी शिवानीसँगै सिंगो परिवारको खर्च चलाइरहेको बताए ।

१६ वर्षमै  राष्ट्रियस्तरमा पाँच स्वर्ण र गत वर्ष सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा रजत पदक विजेता शिवानीको सफलताको पछि उनका बुबाको महत्त्वपूर्ण भूमिका छ ।     

बिहान बुबासित प्रशिक्षण लिइरहेकी शिवानी बेलुकी भने कुस्तीका अन्य खेलाडीसँगै प्रशिक्षणमा हुन्छिन् । बुबाको प्रेरणाबाटै कुस्तीमा अघि बढिरहेकी शिवानीले आगामी लक्ष्य भनेको साग प्रतियोगितामा स्वर्ण जित्ने बताइन् । ‘सागमा मेरो प्रतिस्पर्धा भनेकै भारतीय खेलाडीसित हुनेछ,’ शिवानीले भनिन्, ‘१३औँ सागमा भारतबाट एसियन च्याम्पियन खेलाडीसित टक्कर दिनेगरी प्रतिस्पर्धा गरेकी थिएँ  ।’ 
छोरीलाई ओलम्पिकसम्म पुर्‍याउने लक्ष्यका साथ अग्रसर दुबेले चार वर्ष भारतमै राखेर प्रशिक्षण गराउने बताए । ‘यस वर्ष सागपछि छोरीले सम्मान र पुरस्कारस्वरुप  ६ लाख पाएकी थिइन्,’ उनले भने, ‘सोही रकम छोरीको प्रशिक्षणका निम्ति भारतमा खर्चिँदै छु ।’    

‘नेपालका खेलाडी नभएका होइनन्,’ उनले भने, ‘खेलकुदबाट आर्थिक अवस्था मजबुत र जागिरको ग्यारेन्टी हुनुपर्छ ।’ फुर्सदमा जग्गा किनबेचको कारोबार गरेर जीविका चलाउँदै आएका उनले डेरामै बसेर छोरी शिवानीसँगै सिंगो परिवारको खर्च चलाइरहेको बताए । 
     
आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण जितेपछि कान्छी कुस्ती खेलाडीका रुपमा चर्चा बटुलेकी शिवानीले कक्षा–८ पढ्दादेखि नै कुस्ती खेलमा आबद्ध भएको बताइन् ।

‘राष्ट्रियस्तरमा अहिलेसम्म दोस्रो भएको रेकर्ड छैन,’ उनले भनिन्, ‘बिहान प्रशिक्षणमा ल्याउनेदेखि खानाको व्यवस्थापनसम्म बुबाले गर्नुहुन्छ ।’ उनले भारतमा प्रतियोगिता जितेर बुबा मेडलसहित घर फर्किंदा आफू पनि हौसिएर खेलकुदमा लागेको बताइन् ।

प्रकाशित मिति: १३:२७ बजे, बिहीबार, पुस २३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्