Kathmandu Press

दुई मन्त्रीले ओलीलाई छाडेपछि मुख्यमन्त्री शाही सुरक्षित

वीरेन्द्रनगर, पुस २३ : कर्णाली सरकार दुई मन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीको साथ छाडेपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार सुरक्षित बनेको छ।नेकपामा आएको विभाजनसँगै...
दुई मन्त्रीले ओलीलाई छाडेपछि मुख्यमन्त्री शाही सुरक्षित
मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सामाजिक विकासमन्त्री दल रावल, जनार्दन शर्मा र उद्योगमन्त्री नन्दसिंह बुढा।

वीरेन्द्रनगर, पुस २३ : कर्णाली प्रदेश सरकारका दुई मन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीको साथ छाडेपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार सुरक्षित बनेको छ।

नेकपामा आएको विभाजनसँगै कर्णाली सरकार पनि धरमराएको थियो। नेकपाको ओली पक्षले प्रचण्ड नेपाल पक्षका मुख्यमन्त्री शाहीविरुद्ध अविश्वास प्रस्ताव ल्याउन तयारी गरेका थिए।

सरकार अल्पमतमा पर्ने खतरा बढेपछि नेकपा नेता जनार्दन शर्मा कर्णाली हानिए। उनले ओली पक्षका केही नेतासँग छलफल गरेर प्रचण्ड नेपाल पक्षमा लिएसँगै कर्णाली सरकार सुरक्षित बनेको हो।

कर्णाली प्रदेश सभामा ४० सदस्य छन्। सरकार गठनका लागि २१ सदस्य चाहिन्छ । नेकपाका ३३ सदस्य छन्।

नेकपा विभाजन हुँदा प्रचण्ड नेपाल पक्षमा १९ र ओली पक्षमा १४ सांसद देखिएका थिए। जसले गर्दा मुख्यमन्त्री शाहीको सरकार अल्पमतमा पर्ने देखिएको थियो।

नेकपा नेता शर्माको कसरतपछि ओली पक्षमा रहेका सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले खेमा परिवर्तन गरेका छन्। त्यस्तै, ओली पक्षमा रहेका सांसद पदमबहादुर रोकाया पनि प्रचण्ड नेपाल पक्षमा आएका छन्।

योसँगै अब कर्णाली प्रदेश सभामा प्रचण्ड नेपाल पक्षमा २२ सदस्य पुगेका छन्। योसँगै मुख्यमन्त्री शाही नेतृत्वको सरकारको पक्षमा बहुमत पुग्ने भएको छ।

मन्त्रीद्वय रावल र बुढाले सरकारको स्थायित्वका लागि आफूहरु प्रतिबद्ध रहेको जनाएका छन्।

 

प्रकाशित मिति: १२:५१ बजे, बिहीबार, पुस २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्