Kathmandu Press

अमेरिकाको राजधानी वाशिंटन डिसीमा संकटकाल घोषणा

वाशिंटन, पुस २३ : अमेरिकाको राजधानी वाशिंटन डिसीमा मेयर म्युरियल बाउसरले संकटकाल लगाएका छन्। बाउसरले मानिसहरु हातहतियारसहित हिंसा र तोडफोड गर्दै सहर पसेकोले १५...
अमेरिकाको राजधानी वाशिंटन डिसीमा संकटकाल घोषणा

वाशिंटन, पुस २३ : अमेरिकाको राजधानी वाशिंटन डिसीमा मेयर म्युरियल बाउसरले संकटकाल लगाएका छन्। 

बाउसरले मानिसहरु हातहतियारसहित हिंसा र तोडफोड गर्दै सहर पसेकोले १५ दिनको लागि संकटकाल घोषणा गरेकाे बताएका छन्। 

Hardik ivf

उक्त समूहले इँटा, बोत्तलले हानेर गोली पनि चलाएको र हिंसा र तोडफोड जारी राखेका कारण संकटकाल लगाउनु परेको मेयरले जनाएका छन्। 

यो आदेश २१ जनवरी दिउँसो तीन बजेसम्म लागू हुनेछ। डिसीमा बुधबार साँझ ६ बजेबाट कर्फ्यु लागेको थियो। यसमा दर्जनौं मानिसलाई आदेश उल्लंघन गरेको आरोपमा गिरफ्तार भएका छन्।

प्रकाशित मिति: ११:४६ बजे, बिहीबार, पुस २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्