Kathmandu Press

विराटनगरमा वायु प्रदुषण उच्च

काठमाडौं, पुस २३ : विराटनगरमा वायु प्रदूषण उच्च भएको छ। औद्योगिक सहरको रुपमा परिचित विराटनगरमा वायु प्रदुषण उच्च भएपछि महानगरले अत्यावश्यक कामबाहेक घर...
विराटनगरमा वायु प्रदुषण उच्च

काठमाडौं, पुस २३ : विराटनगरमा वायु प्रदूषण उच्च भएको छ। औद्योगिक सहरको रुपमा परिचित विराटनगरमा वायु प्रदुषण उच्च भएपछि महानगरले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गरेको छ। 

विराटनगरमा हावाको गुणस्तर (एयर क्वालेटी इन्डेक्स) १६० भन्दा माथि पुगेको कारण महानगरपालिकाले फोहर डढाउने र विकास निर्माणको काम पनि रोक्न र मर्निङवाकमा समेत ननिस्कन आग्रह गरेको छ। सामान्यतया हावाको गुणस्तर एयरक्वालिटी इन्डेक्स ०–६० सम्मको अवस्थालाई राम्रो मानिन्छ।

विराटनगरमा गत साउनदेखि नियमित रुपमा हावाको गुणस्तर मापन गर्न थालिएको छ। प्रदूषणको मापनका लागि महेन्द्र मोरङ क्याम्पसमा उपकरण जडान गरिएको छ।

प्रकाशित मिति: ११:३५ बजे, बिहीबार, पुस २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्