Kathmandu Press

प्रदेश १ का मुख्यमन्त्री राईलाई नेकपाले साेध्याे स्पष्टिकरण

प्रदेश १ का मुख्यमन्त्री राईलाई नेकपाले साेध्याे स्पष्टिकरण

विराटनगर, पुस २३ : नेकपा प्रचण्ड नेपाल पक्षले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई स्पष्टिकरण सोधेको छ।

यस अघि प्रचण्ड दाहाल पक्षले राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएको थियो। उनलाई संसदीय दलको नेताबाट हटाइसकेको छ।

उनलाई सरकारको पक्षमा उभिएको, दलको नेताबाट हटाएपछि पनि विभिन्न गतिविधि जारी राखेको, दलको बैठकमा उपस्थित नभएको भन्दै स्पष्टिकरण सोधेको हो। दलका उपनेता टंक आङबोहाङले सोधेको स्पष्टिकरणमा दलको विधानविपरित कार्य गरेको समेत आरोप लगाइएको छ।

उनीसँगै अन्य सात जनालाई पनि स्पष्टिकरण सोधेको छ। आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ, दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, प्रदेश सभा सदस्य इन्द्रमणी पराजुली, विमल कार्की र अम्बिका थापालाई पनि स्पष्टीकरण सोधिएको छ।

 

प्रकाशित मिति: १०:५२ बजे, बिहीबार, पुस २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्