Kathmandu Press

काष्ठमण्डप पुनःनिर्माण अन्तिम चरणमा, वैशाखमा तयार हुने

काठमाडौं, पुस २३ : काष्ठमण्डप पुनःनिर्माण वैशाखमा सकिने भएको छ। अहिलेसम्म ८५ प्रतिशत काम सम्पन्न भएको छ।काष्ठमण्डप पुनःनिर्माणअन्तर्गत अहिले अन्य काम सकेर छानो...
काष्ठमण्डप पुनःनिर्माण अन्तिम चरणमा, वैशाखमा तयार हुने

काठमाडौं, पुस २३ : काष्ठमण्डप पुनःनिर्माण वैशाखमा सकिने भएको छ। अहिलेसम्म ८५ प्रतिशत काम सम्पन्न भएको छ।

काष्ठमण्डप पुनःनिर्माणअन्तर्गत अहिले अन्य काम सकेर छानो छाउने तयारी भएको छ। त्यसका लागि आवश्यक पर्ने काठको अभाव भएकाले रौतहटबाट ल्याउने तयारी भएको काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्ययले बताए। आगामी वैशाखसम्ममा निर्माण सक्ने लक्ष्यअनुरूप काम भइरहेको उनले बताए।

निर्माणका क्रममा काठको अभाव भएपछि दुई हजार घनफिट काठ रौतहटबाट ल्याइने तयारी गरिएको हो। अपुग भएको काठ आगामी एक महिनाभित्रै ल्याउने भएको छ। छानाका लागि आठ हजार घनफिट काठ आवश्यक पर्ने भए पनि अहिले थप दुई हजार घनफिट मात्रै ल्याउन लागिएको उनले बताए।

पुनःनिर्मणका लागि जम्मा १७ हजार ५८ घनफिट काठ आवश्यक पर्दछ। यस ऐतिहासिक सम्पदा पुनःनिर्माणका क्रममा आवश्यक पर्ने काठ केही यसअघिकै प्रयोग भए पनि नयाँ केही काठ भने टिम्बर कर्पोरेसनसँग लिखित सम्झौता गरी ल्याइएको छ। यसअघि पनि आवश्यक पर्ने थप आठ हजार घनफिट काठ धनगढीबाट ल्याइएको थियो।

बिसेत नामका मानिसले कल्पतरुलाई चिनेर नियन्त्रणमा लिई एउटा रुख उपलब्ध गराउने वाचा गराएर छाडेपछि कल्पतरुले सालको काठ दिएको, सातौँ शताब्दीमा राजा लक्ष्मीनरसिंह मल्लले त्यसैबाट मूर्तिविहीन मरुसतः बनाएको र पछि यसैलाई काष्ठमण्डप भन्न थालिएको विश्वास गरिन्छ। नेपालको राजधानी काठमाडौँको नाम ‘काष्ठमण्डप’बाट नै रहेको इतिहासमा उल्लेख छ।

२०७२ को भूकम्पले पूर्णरूपमा क्षति पुगेको ऐतिहासिक काष्ठमण्डप पुनःनिर्माणका लागि तीन वर्षको समय निर्धारण गरिएको छ। ऐतिहासिक सम्पदा पुनःनिर्माणका लागि १९ करोड खर्च लाग्ने अनुमान गरिएकामा काठमाडौं महानगरपालिकाले पुनःनिर्माण समितिलाई पाँच करोड ५० लाख आर्थिक सहयोग गरिसकेको छ।

प्रकाशित मिति: १०:३० बजे, बिहीबार, पुस २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्