Kathmandu Press

राष्ट्रिय सभाको बैठक आज बस्दै

काठमाडौं, पुस २३ : राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजे बस्ने लागेको छ।आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्ने भएका छन्। उनले...
राष्ट्रिय सभाको बैठक आज बस्दै

काठमाडौं, पुस २३ : राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजे बस्न लागेको छ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्ने भएका छन्। उनले मधेसी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेस गर्नेछन्।

त्यस्तै, आजको कार्यसूचिमा राष्ट्रिय सभाका विषयगत समितिका सदस्य पनि मनोनित गरिनेछ। अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यसको प्रस्ताव पेश गर्नेछन्।

यससँगै सांसदहरुले पनि बोल्नेछन्। उनीहरुले प्रतिनिधिसभा विघटनपछि उत्पन्न राजीनिक परिस्थितिबारे बोल्ने नियमित कार्यसूची पनि रहेको छ।

राष्ट्रिय सभाको बैठक पुस १७ गतेदेखि सुरु भएको हो। प्रतिनिधिसभा विघटन भएपछि पहिलोपटक राष्ट्रिय सभाको बैठक चलिरहेको छ।

प्रकाशित मिति: १०:२१ बजे, बिहीबार, पुस २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्