मुलुकभरको मौसम क्रमिक रूपमा सुधार, काठमाडौंको तुवालो पनि हट्यो
काठमाडौ, पुस २३ : पश्चिमी वायुको प्रभाव कम हुँदै जाँदा मुलुकभरको मौसम क्रमिक रूपमा खुल्दै गएको छ ।बुधबार दिउँसोबाट मौसम खुल्दै जाँदा तापक्रम बढेको...
काठमाडौ, पुस २३ : पश्चिमी वायुको प्रभाव कम हुँदै जाँदा मुलुकभरको मौसम क्रमिक रूपमा खुल्दै गएको छ ।
बुधबार दिउँसोबाट मौसम खुल्दै जाँदा तापक्रम बढेको छ भने घाम लागेपछि प्रदुषित वायुले लागेको तुवालो समेत काठमाडौँ उपत्यकाबाट बाहिरिएको छ ।
अझै पनि देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहँदा पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहेको तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
प्रकाशित मिति: ०८:१९ बजे, बिहीबार, पुस २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार





-1791199439.jpg)



-1791199439.jpg)

