Kathmandu Press

काराबाओ कप फुटबलको फाइनलमा म्यानचेस्टर सिटी 

काराबाओ कप फुटबलको फाइनलमा म्यानचेस्टर सिटी 

काठमाडौं, पुस २३ : म्यानचेस्टर युनाइटेडलाई हराउँदै म्यानचेस्टर सिटी इएफएल काराबाओ कपको फाइनलमा प्रवेश गरेको छ।

गएराति भएको सेमिफाइनल खेलमा युनाइटेडलाई २-० गोलअन्तरले हराउँदै सिटी फाइनल प्रवेश गरेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा सिटीले खेलको ५० औं मिनेटमा अग्रता बनाएको थियो।

सिटीलाई अग्रता जोन स्टोनेसले दिलाएका थिए भने फेरनान्डिन्होले ८३ औं मिनेटमा सिटीका लागि दोस्रो गोल गर्दै जित सुनिश्चित गरे । जितसँगै सिटी फाइनल प्रवेश गरेको छ। फाइनलमा सिटीले टोटेन्हम हट्सपरको सामना गर्नेछ।

फाइनलमा जितेको सिटीले लगातार चौथो वर्ष इएफएल कारबाओ कपको उपाधि जित्नेछ।

प्रकाशित मिति: ०८:०४ बजे, बिहीबार, पुस २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्