मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाले एथ्लेटिकलाई हरायो
काठमाडौं, पुस २३ : कप्तान लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा जित निकालेको छ ।बुधबार राति भएको खेलमा बार्सिलोनाले एथ्लेटिक...
काठमाडौं, पुस २३ : कप्तान लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा जित निकालेको छ ।
बुधबार राति भएको खेलमा बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई उसकै मैदानमा ३-२ गोल अन्तरले पराजित गरेको हो । विल्बाओले खेलको तेस्रो मिनेटमै इनाकी विलियम्सको गोलमार्फत अग्रता लिएको थियो । त्यसको १० मिनेटपछि नै पेड्री गोन्जालेसले हेडमार्फत बार्सिलोनाका लागि बराबरी गोल फर्काए।
मेस्सीले ३८ औं मिनेटमा पेड्रीको ब्याकहिल र उनाइ सिमोनको पासको सदूपयोग गरी गोल गरे र पहिलो हाफमा २–१ को अग्रता दिलाए। ६२ औं मिनेटमा मेस्सीकै शशक्त प्रहार गोलमा परिणत हुँदा बार्सिलोनाले ३–१ को अग्रता बनायो । खेलको अन्तिम मिनेटमा विल्बाओका मुनिइनले २० यार्डबाट शानदार गोल गरे पनि जितका लागि पर्याप्त भने बन्न सकेन् ।
बिल्बाओलाई हराएसँगै बार्सिलोना लिगको तेस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाले १७ खेलमा ३१ अंक जोडेको छ । बिल्बाओ २१ अंक जोडेर नवौं स्थानमा रहेको छ ।




-1785565366.jpeg)






